कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
232

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई, साफा बेस्ट प्रेजेन्टे यानुअल रिपोर्ट अवार्डअन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ । दक्षिण एसियाली राष्ट्रहरूबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साफा समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । साफाले सो अवार्ड ढाका,बंगलादेशमा ३० नोभेम्बरमा आयोजना हुने समारोहमा हस्तान्तरण गर्ने पनि कम्पनीले जनाएको छ ।
एनसीएचएलले भुक्तानी तथा फछ्र्यौटको क्षेत्रमा गरेको काम र वित्तीय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिबद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको पनि जनाएको छ ।