कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
488

 राजधानीको आकर्षक क्षेत्र गोंगबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरूले भरपुर मनोरञ्जन लिन सक्ने कम्पनीले जनाएको छ । आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरूको मन जित्ने प्रयास गरेको छ । यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी छ भने विलासितापूर्ण आरामदायी सिटको प्रवन्ध गरिएको छ ।
कर्माचार्य कम्प्लेक्सभित्र रहेको आईएनआई सिनेमा हलमा दुइटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुइटा सिनेमा देखाउन सकिन्छ । दुइटा दर्शकदीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १ सय ८१ सिट र दोस्रोमा १ सय ५४ सिट गरी जम्मा ३ सय ३५ सिटको प्रवन्ध गरिएको छ । राजधानीको आकर्षक क्षेत्र गोंगबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरूले भरपुर मनोरञ्जन लिन सक्ने कम्पनीले जनाएको छ । आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरूको मन जित्ने प्रयास गरेको छ । यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी छ भने विलासितापूर्ण आरामदायी सिटको प्रवन्ध गरिएको छ । कर्माचार्य कम्प्लेक्सभित्र रहेको आईएनआई सिनेमा हलमा दुइटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुइटा सिनेमा देखाउन सकिन्छ ।
दुइटा दर्शकदीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १ सय ८१ सिट र दोस्रोमा १ सय ५४ सिट गरी जम्मा ३ सय ३५ सिटको प्रवन्ध गरिएको छ ।आईएनआईको विशेषता भनेको नेपालमा पहिलोपल्ट जीडीसी सर्वर प्रविधि प्रयोग गरिएको छ, जसले गुणस्तरीय प्रदर्शन गर्ने क्षमता राख्दछ भन्दै कम्पनीले कलात्मक नमुनामा निर्माण गरिएका यी प्रदर्शन दीर्घामा ब्राङ्को २० सी र डी ३ डी प्रविधि प्रयोग गरिएकोले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुनेछ । हललाई सम्भावित खतराबाट जोगाई पूर्ण सुरक्षित प्रविधिमा बनाइएको छ र दर्शकहरूका लागि हलभित्र नै विभिन्न प्रकारका धेरैथरि खानेकुराको व्यवस्था गरिएको छ । व्यवस्थापनले आफ्ना दर्शकहरूले यी हलहरूबाट पूर्ण मनोरञ्जन पाउने र नयाँ अनुभव पाउने विश्वास लिएको छ ।

 


सातामा धेरै पढिएको