कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
199

यसपालिको महान चाडपर्वलाई लक्षित गरी नेपालको नं १ ब्रान्ड सीजीले ‘सीजीसँग उत्साहउमंग थाइल्यान्ड जाउ परिवार सँग’ नामक स्किमको पहिलो चरणको ‘लक्की ड्र’ सीजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको जनाएको छ ।
भदौ २० गतेदेखि लागू गरिएको यस योजनामा सीजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरू राखिएको भन्दै कम्पनीले असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडी भाग्यशालीहरूले थाइल्यान्ड जाने अवसर प्राप्त गरेको पनि जनाएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरू पनि बाँकी छ ।