कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
277

कुरियर व्यवसायीहरूको छाता सगंढन नेपाल कुरियर सेवा सघंले हालै २५औं रजतजयन्ती विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रमा प्रमुख आतिथ्य गरिरहेका अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रम स्थलबाटै इन्टरनेटमार्फत नेपाली कुरियर व्यवसायसम्बन्धी जानकारी बटुल्दै विश्व लजेस्टिक सेवा सूचांकमा नेपालको कार्गो ट्रेसिङ एन्ड ट्रयाकिङ शीर्षकअन्तर्गत २.५ अंक पाएको जानकारी गराएका छन् । त्यस्तै अन टाइम डेलिभरीमा ३ अंक प्राप्त गरे पनि कुरियर मैत्री भौतिक पूर्वाधार अत्यन्त कमजोर रहेको त्यस सूचांकमा उल्लेख भएकाले पूर्वाधार स्तरीकरण हुनुपर्ने उनको जिकिर थियो ।
साधारण तया लजेस्टिक सेवातर्फ ५ अकं प्राप्त गर्ने देशमा वैदेशिक लगानीका लागि अब्बल मानिन्छ । यस सेवालाई व्यवस्थित बनाउन ल्याइएका सरकारी एन नियमहरूको सहज प्रयोगमा इन्टरनेटबाट जानकारी प्राप्त गरी व्यवसायीलाई स्मार्ट हुनसमेत आग्रह गरेका थिए । यसबाट कुरियर सेवाको स्तरीकरण भई वाणिज्य फस्टाउँछ, भने राष्ट्रिय आर्थिक लक्ष्य भेटाउन सहयोगी बन्छ ।
कोसानका अध्यक्ष गोविन्द ढुंगेलले सरकारी हुलाक सेवा, कार्गो र ट्रान्सर्पोट सरह कुरियर कम्पनीलेसमेत भ्याट सुविधा पाउनुपर्नेमा जोड दिएका थिए । यसका साथै त्रिभुवन विमान स्थलमा छुट्टै कुरियर डेस्कको स्थापना गरिनुपर्ने उनले जोडदार माग गरेका छन् । कोसानका महासचिव सञ्जय मण्डलले कुरियर क्षेत्रको जोखिम घटाउन बिमा सेवा प्रयोगले प्राथमिकता पाउनुपर्ने जनाएका छन् ।