कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
293

दसैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिभल सपिङ मार्केट समापन भएको छ । पाँच दिनसम्म चलेको फेस्टिभल मार्केटमा सहभागी ७३ हजार अवलोकन कर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् । दसैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन् ।
इभेन्ट सोलुसनप्रालिको आयोजनामा सञ्चालित फेस्टिभल सपिङ मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, खाद्यान्न, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलोक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टलहरू राखिएका थिए ।
आयोजकले फेस्टिभल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरूलाई दैनिक रूपमा आकर्षक उपहार वितरण गरेको थियो । मार्केटलाई काठमाडौं उद्योग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्र्धन गरेका थिए ।


सातामा धेरै पढिएको