कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
317

ग्लोबल नम्बर १ इलेक्ट्रोनिक्स् ब्रान्ड, सामसङले सधैंझै यस चाडपर्वको उपलक्ष्यमा आफ्ना उत्पादनहरूको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ । सामसङ टिभी, वासिङ मेसिन तथा फ्रिज जस्ता उपकरणहरूले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले ‘सामसङ आयो, खुसी छायो’ योजनाअन्तर्गत उपभोक्ताहरूलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको भन्दै कमपनीले यस छुटको साथसाथै सामसङले आफ्ना टिभीहरूमा २ वर्षको वारेन्टी (१ वर्ष फुलप्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरूबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरूको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको जनाएको छ ।
हिम इलेक्ट्रोनिक्स प्रालि तथा त्रिवेणी व्यापार प्रालिका अधिराज्यभर रहेका आधिकारिक डिलर नेटवर्कअन्तर्गतका वितरकहरूमार्फत यो योजना असोज १ गतेदेखि कात्तिक २९ गतेसम्म रहने पनि कम्पनीले जनायो ।