कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
317

नेपाल दालमोठ उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नारायण कार्कीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्की सुचिका ब्राण्डको दालमोठ उत्पादन गर्दै आएको सूर्य चिप्स उद्योगका सञ्चालक हुन् ।
अध्यक्षमा कार्की, उपाध्यक्ष रमेशचन्द कसौधन, सचिव विनयकुमार पौडेल, कोषाध्यक्ष राजीव मधिकर्मी र सदस्यहरुमा नरेश मल्ल, सञ्जीवकुमार ठाकुर र सरस्वती घिमिरे चयन भएका छन् । नवनियुक्त अध्यक्ष कार्कीले दालमोठको गुणस्तर बढाउने र स्वदेशी उत्पादनमै आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

साधारण सभा खाद्य तथा गुण नियन्त्रण विभागकी डा.मतिना वैद्यको प्रमुख आतिथ्यता र उत्पादक संघका पूर्वअध्यक्ष प्रत्युष आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वले दालमोठ उत्पादन र दालमोठको बजार विस्तारमा भूमिका खेल्ने आफुहरुले विश्वास लिएको सलम्बु चिप्स उद्योगका मेनेजर हरिकुमार दुलालले बताए ।