कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
319

कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न सहरहरूमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज–नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजनमार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरूलाई प्ल्याटफर्म प्रदान गर्ने जनाएको छ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।