कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
232

दसैंमा खुसियाली डिलिवर गर्ने बाचा लिएर अनलाइन सपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो सेल– दराज दसैं धमाका लिएर आएको जनाएको छ । यो धमाकेदार अभियान यही भदौ २९ देखि असोज १३ सम्म हुने भन्दै अभियानअन्तर्गत उपभोक्ताहरूले ६० प्रतिशतसम्मको छुट भएको मेगा डिल्स्, दसैं दक्षिणा, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरू, गेम जोन, तथा अन्य धेरै आकर्षक लाभ पाउन सक्ने जनाएको छ ।
उपभोक्ताहरूको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो भन्दै दराजले लोकप्रिय शेक शेक गेम फेरि यस अभियानमा लिएर आएको पनि जनायो ।