कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
264

नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको अवसरमा ‘दसैं ल्यायो’ नामक योजना नेपाली बजारमा ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा ‘लक्की ड्र’ मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टीसमेत प्रदान गर्ने भन्दै कम्पनीले बाल्ट्राको यस दसैं योजनाको ‘लक्की ड्र’ मा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नका लागि मोबाइलबाट मेसेज गरी ३१००७ मा पठाउनु पर्ने बताएको छ ।
सहभागी ग्राहकहरुमध्ये बाल्ट्राको ५५ ‘स्मार्ट टिभी १ जनालाई, ४०’ टिभी २ जनालाई, ३२ ‘टिभी ३ जनालाई, साउन्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्ने तथा यो योजना केवल सीमित अवधिका लागि मात्र लागू हुने पनि कम्पनीले जनायो ।”