दीननाथ बराल
शुक्रवार, भदौ २७, २०७६
546

पोखरा-३० वर्षको ग्यारेन्टीसहितको आकर्षक घर तथा भवन बनाउने उद्देश्यले मेरो घर नामक संस्था पोखरामा आएको छ । पोखरामा हाल अस्तव्यस्त रूपमा घर तथा भवनहरू निर्माण भएकोले पोखराको सौन्दर्यतालाई कायम राख्दै वातावरणमैत्री, कम लगानीमा आरामदायी कोठाहरू, स्थानिय श्रोत साधनलाई प्रयोग गरी घर तथा भवन बनाउन आफुहरू काठमाण्डौं पछि पोखरामा आएको मेरो घर पोखरा शाखाका प्रमुख बासुदेव भट्टराईले बताए ।
उनले भने “शहरीकरणले गर्दा दिनानु दिन गाउँबाट शहर केन्द्रित बजार बढ्दै गएका बेला हामीले थोरै जमिनमा पनि आकर्षक घर बनाउने उद्धेश्यले पोेखरामा मेरो घर नामक संस्थाको पहिलो शाखा स्थापना गरेका हौं । ” विगत ३ बर्ष भन्दा बढी समय देखि काठमाण्ठौंमा विभिन्न डिजाइनका घरको नक्सा, डिजाईन देखि घर तथा भवनहरू बनाउदै आएको मेरो घरले पोखरामा न्यूनतम साँढे दुई आनामा पनि आकर्षक घर बनाउने भन्दै शाखा कार्यालय हालै स्थापना भएको हो ।

काठमाण्डौंमा हालसम्म करिब २ सय घर तथा भवनहरूको निर्माण कार्य सम्पन्न गरी चावी समेत हस्तान्तरण गरिएको बताउदै भट्टराईले पोखरामा शाखा स्थापनाको दुई महिनामै दुई वटा घर निर्माण र ४ वटा घरको डिजाइनको जिम्मा आएको जनाए । काठमाण्डौंमा हाल एक सय घर तथा विभिन्न व्यपारीक भवनहरू निर्माणको क्रममा रहेको जनाएदै पोखरा शाखा प्रमुख भट्टराईले नेपालभर आफुहरूको सेवा विस्तारको क्रममा पोखरा आएको प्रष्ट पारे । सामान्यतया एउटा घर बनाउदा मेरो घरले ८ महिना देखि एक बर्ष अवधि भित्र घर सम्पन्न गरी चाबी हस्तान्तरण गर्ने गरेको छ । पोखराको शान्तिनगरमा मेरो घरको कार्यलयबाट सेवा दिन सुरु गरेको संस्थाले बास्तु अनुसार, हल्का र बलियो हुने एसीसी ब्लक प्रयोग गरी घर बनाउने गरेको उनले जनाए ।
पानीको सिपेजहरूलाई कसरी नियन्त्रण गर्ने, घर निर्माण भए पछि जोइन्टहरूमा प्रायः केही घरमा क्र्याक देखिने हुदा आफुहरूले पहिले नै योजनाबद्ध परिक्षण गरेर निर्माण गर्ने प्रमुख भट्टराईले बताए । शुन्य प्रतिशतमा बैंकिङ फाइनान्सको सुविधा समेत रहेको प्रमुख भट्टराईले जनाए । एन.एम.बी.बैंक बैंकिङ पाट्नरको रूपमा रहेको हाल करिब १०.५ प्रतिशतमा घर तथा भवन निर्माणमा लगानी गर्ने भएको छ । दशैं तिहारको अवसरमा कम्पनीले ५ लाख बराबरको मोडुलर किचन निःशुल्क बनाउने भएको छ । मेरो घरले ३५ बर्षको भुकम्प प्रतिरोधात्मकको ग्यारेन्टि, १० बर्षको लागि रंगरोगन तथा प्लम्बिङ, २ बर्ष मर्मत गर्न नपर्ने अथवा आवश्यक परेमा निःशुल्क मर्मत गराउने, ५ बर्षको लागि आववश्यक सहयोग गर्ने भएको भण्डारीले जनाए ।