अमरराज आचार्य
शुक्रवार, भदौ २७, २०७६
317

दाङ-औद्योगिक करिडोर स्थापना गर्ने भनिए पनि हाल सम्म संघीय सरकारले औपचारीक रूपमा घोषणा नगर्दा दंगेलीको औद्योगिक करिडोर सपनाले सार्थकता पाउन सकेको छैन । तर घोराही उप महानगरपालिका– ३ मा औद्योगिक करिडोर स्थापना गर्ने अभ्यास भने थालिएको छ । उप महानगरपालिका वडा ३ को ५ सय ५० विग्राह क्षेत्रफल लाइ औद्योगिक करिडोरको रूपमा प्रस्ताव गरिएको छ । नगर सभाले औद्योगिक क्षेत्र घोषणा गरेको हो ।
उता, संघीय सरकारले चालु आर्थिक २०७६-०७७ वर्षको वजेट मार्फत औद्योगिक क्षेत्रको डि पि आर तयार गर्नेका लागि वजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिकमा औद्योगिक करिडोरको डि पि आर तयार गर्नेका लागि ५० करोड वजेट विनियोजन गरेको छ । यो रकम सरकारले जुन क्षेत्रमा औद्योगिक करिडोर घोषणा गर्ने छ त्यसै स्थानको डि पि आर निर्माण गर्ने प्रयोग गरिने भएको छ ।

औद्योगिक करिडोर स्थापनाका लागि जिल्ला उद्योग वाणिज्य संघले निरन्तर पहल गदै आएको छ भने जिल्लावासीहरूले सहयोग गदै आएका छन् । जिल्लामा औद्योगिक करिडोर औपचारी घोषणा हुन मात्र बाँकी रहेको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । ‘घोषणका लागि मन्त्रालयमा फाइल पुगि सकेको छ मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने मात्र बाँकी रहेको छ’ उनले भने, औद्योगिक करिडोर स्थापनामा कुनै समस्या छैन ।
औद्योगिक करिडोर घोषणाका लागि यस क्षेत्रका राजनितीक दल, सरकारी निकाय, व्यवासायि तथा सरोकारवालाहरू मिलेर अगाडि वढनु पर्ने भन्दै उनले सवैको सहयोग रहेमा छिट्टै नै स्थापना हुने उल्लेख गरे । संघले २०५८ साल देखि नै जिल्लामा औद्योगिक करिडोरको स्थापनाको लागि पहल गदै आएको हो । सुरुमा ८६ विगाहामा औद्योगिक क्षेत्रमा औद्योगिक क्षेत्र वनाउन पहल थालिएको थियो । औद्यौगिक क्षेत्रका जग्गा कम हुने भए पछि उक्त क्षेत्र घोराही उप महानगरपालिका लागि ल्यानफिल साइडको रूपमा प्रयोग गर्न दिएको थियो ।

अहिले प्रस्ताव गरिएको औद्योगिक करिडोर सवै हिसावले उपयुक्त रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्ध सुवास सिटौलाले पनि औद्योगिक करिडोरका लागि प्रस्ताव गरिएको क्षेत्र उपयुक्त रहेको बताएका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा उनले आफनो तर्फ वाट यस क्षेत्र लाइ औद्योगिक करिडोर स्थापनाका लागि पहल गर्ने बताएका थिए । ‘यस क्षेत्र हरेक हिसावले औद्योगिक करिडोरका लागि उपयुक्त रहेको छ ’ महाप्रवन्धक सिटौलाले भने । मानव वस्ती न्युन रहेको, शहरी क्षेत्र वाट टाढा, वन क्षेत्र भए पनि न्युन रुख विरुवा रहेको, पानीको सुविधा, सहज रूपमा सडक, विद्युतको सहज रूपमा पु¥याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्ने समेत सहज रहेको छ । उत्पादन भएका सामाग्रीहरू देशका विभिन्न क्षेत्र तथा देश वाहिर पु¥याउन समेत सहज सडक सञ्जालले जोडिएको छ ।
औद्योगिक करिडोर घोषणा भए पछि करिव ३ वर्ष भित्रमा सञ्चालनमा आउने दाबी भुषालले गरे । घोषणा भए पछि सवै कामहरू फास्ट ट्रयाक वाट हुन्छ, उनले भने, उक्त क्षेत्रमा कृषि जन्य, साना तथा मझौला उद्योग स्थापना गरिने छ, ठुला तथा प्रदुषण हुने खालका उद्योगहरू स्थापना हुने छैनन् ।
औद्योगिक करिडोरमा आफुनो जमिन नभएका र जग्गा किनेर उद्योग तथा व्यापार गर्ने नक्नेहरू लाइ प्राथमिक्ता दिने छ । यसले गर्दा व्यवसायिहरू लाइ व्यवसाय गर्ने तथा उद्योग स्थापना गर्ने समेत सहज हुने छ । उत्पादनमा लगानी कम भए पछि उत्पादित वस्तु समेत सस्तो व्यवसायिहरू बताउछन् । त्यसैगरेर व्यवसायिहरूले जग्गा तथा कोठा भाँडा पनि लामो समय सम्म सम्झौता गर्ने सक्ने छन् । यसले व्यवसायिहरू तथा उद्यमीहरू लाइ ढुक्क भएर व्यवसाय गर्ने सहज हुने छ । औद्योगिक करिडोर घोषणा भएमा जिल्लामा स्वदेशी तथा विदेशी लगानी कर्ता भित्रने छन् । यस क्षेत्रमा लगानी गर्नेका लागि देश भित्र तथा विदेश वाट समेत इच्छुक रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।
वढदै व्यवसायी
जिल्लामा पछिल्लो समय व्यावसायिक तथा उद्योगहरूको क्षेत्रमा लगानी वढदै गएको छ । लगानी वढे संगै नया व्यवसायि थपिने तथा उद्योग स्थापनाको क्रम वढेको हो । यसले जिल्लामा आर्थिक कारोवार समेत वढेको छ । आर्थिक कारोवार वढे संगै नया बैक थपिने क्रम समेत वढदै गएको बताइएको छ । जिल्लामा रोजगारीको अवसर समेत वढदै गएको छ । जिल्लामा नँया नँया उद्योग स्थापना संगै ठुला उद्योगका शाखा कार्यालयहरू स्थापनाको क्रम वढेको हो । जिल्लामा पछिल्लो समय पोल्ट्री क्षेत्र अगाडि वढेको छ । अहिले पोल्ट्री क्षेत्रमा चितवन पछि दोस्रो जिल्लाको रूपमा अगाडि वढेको पोल्ट्री व्यवसायिहरू बताउछन् । त्यसैगरेर पर्यटन, होटेल क्षेत्रमा समेत लगानी वढेको छ । पछिल्लो समयमा प्लाइ उद्योग, धाराको टुटि उत्पादन गर्ने उद्योग, चिस्यान केन्द्र, पानी उद्योग, जुस उद्योग, चिप्स उद्योग, मसला उद्योग, मह प्रशोधन उद्योग, अण्डाको क्यारेड उत्पादन गर्ने उद्योग, नमकिन उद्योग, सावुन उद्योग, सर्फ उद्योग, हर्पिक उद्योग, नेपकिन उद्योग स्थापना भएका छन् । त्यसैगरी जिल्लामा दुग्ध प्रसोधन केन्द्र सहितको व्यवसाय सहित विभिन्न डेरी उद्योगहरू, दुग्ध प्रसोधन केन्द्र सहितको व्यवसाय वढदै गएका छन् । औद्यौगिक करिडोर पनि साना तथा कृषि उद्योग स्थापनाका लागि थप सहयोग पुग्ने विश्वास लिएको छ ।
औद्योगिक करिडोर स्थापना भए पछि जिल्लाको आर्थिक विकासमा महत्वपुर्ण योग्दान पु-याउने छ । जिल्लामा उद्योग स्थापना भए पछि जिल्ला वासीहरूले रोजगारको अवसर प्राप्त गर्ने छ । जसले गर्दा रोजगारका लागि विदेशीने युवाहरूको सङख्या समेत कमी आउने आशा जिल्ला वासीले गरेका छन् ।