कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
154

विराटनगर-उद्योग संगठन मोरङ, महिला उद्यम समितिले आगामी असोज १० गतेदेखि प्रदेशस्तरीय कोशेली महोत्सव गर्ने भएको छ ।
महिलाहरूले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यका साथ विराटनगरस्थित जैन भवनमा आयोजना गर्ने महोत्सव १४ गतेसम्म सञ्चालन हुनेछ । घरेलु तथा कुटिर उद्योगहरूद्धारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन, महिलाहरूद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजारमा पहुँच तथा नयाँ उत्पादनबारे जानकारी दिइने महोत्सवमा महिला तथा युवाहरूमा उद्यमशिलता विकास गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक मनोजविक्रम शाहले जानकारी दिए । महोत्सवमा औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, सिलाइ–कटाइका सामग्री, जुत्ताचप्पल, ढाका तथा ऊनीका कपडा, अग्र्यानिक खाद्य वस्तु, शृङ्गारका साधन, सूचना प्रविधिदेखि घरायसी सामग्रीहरू प्रदर्शनीमा राखिने संगठनका अध्यक्ष घिमिरेले जानकारी दिए ।
‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्ने महोत्सवमा १ सय १२ वटा स्टल रहने छन् । महोत्सवमा प्रवेश शुल्क २० रूपैयाँ लाग्ने छ भने विद्यार्थीहरूका लागि १० रूपैयाँ तोकिएको छ । महोत्सव सञ्चालन गर्न २५ लाख १० हजार लाग्ने आयोजकले जनाएको छ । “आफ्नो उत्पादनको व्यापार प्रवद्र्धन तथा सूचना प्रवाह र नयाँ उत्पादनबारे जानकारी महोत्सवले दिनेछ,” अध्यक्ष घिमिरेले भने, “युवा तथा महिलाहरूको उद्यमशिलता विकासमा टेवा पु¥याउनुका साथै उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार र उपभोक्ताहरूबीच सचेतना गराउँदै अर्गानिक उत्पादनको व्यवसायीकरण गर्नेछ ।” सेन्चुरी मसला मुख्य प्रायोजक रहेको महोत्सवमा सिर्जना फाइनान्सले सहप्रायोजन गरेको छ । महोत्सवमा ३० हजारले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिका अर्का संयोजक गिरिजा सारडाले बताए ।