कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
231

ललितपुर चेम्बर अफ कमर्सले जिल्लाको समग्र आर्थिक विकास र उद्यमीहरुको हकहित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । विधिगत रुपमा एक महिना अघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको सो संस्था नेपाल चेम्बर अफ कर्मशको ७२ औं शाखा रहेको भन्दै सोमबार पत्रकार भेटघाटमा यस्तो प्रतिबद्धता जनाएको हो ।
उद्यमी, व्यवसायीहरुमा एकता, समन्वय र मैत्रीपूर्ण सद्भाव विकास गरी तिनका समस्यालाई जोडडार रुपले उठाउन कमर्श गठन गरिएको अध्यक्ष पुष्परत्न शाक्यले बताए । जिल्लाको आर्थिक विकास र उद्यमीहरुलाई संगठित गराउन नगरपालिका र गाउँ पालिकास्तरीय चेम्बर अर्फ कमर्श स्थापना गर्ने पनि कमर्शका नीति रहेको जनाइएको छ ।