कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
233

प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुकालागि लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्ससंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी,सिजी, गोदरेज, टीसीएल आदि सामानहरुमा आकर्षक छुट प्राप्तगर्न सकिने व्यवस्था रहेको जनाएको छ ।
सो अनुसार नेपाल भित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने भन्दै कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै यो व्यवस्था ल्याएको जनायो । यस अन्तर्गत ग्राहकले प्रभुमनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफस्टाइल शोरुमबाट टिभी, फ्रिज वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने जनायो । साथै कम्पनीको अनुसार यो योजना सिमित अवधिकोलागि मात्र लागू हुनेछ ।