कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
276

विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस्ले यो चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको जनाएको छ । योजनाअन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको भन्दै कम्पनीले योजनाअन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्ने पनि जनाएको छ ।
यो योजनाअन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्रमार्फत बाली जाने अवसर प्राप्त गर्न तथा ए.सी.को खरिदमा फ्रि जडान गरिने भन्दै कमपनीले चाडपर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले “फ्रि कपल ट्रिप टु बाली”अफर ल्याएको जनायो । यो ग्राहक योजना नेपालभर भदौ २० देखि सिमित अवधिकोलागि मात्र लागू हुने पनि कम्पनीले बतायो ।