कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
260

उपभोक्ताको इच्छा तथा चाहनामा अन्तर्राष्ट्रिय ब्रान्ड प्रिन्गल्स पोटाटो चिप्सले आफ्नो दुई फरक स्वाद प्रिन्गल्स टोम योम र स्वीट चिल्ली नेपाली बजारमा ल्याएको छ । नयाँ स्वादपूर्व एसियाली थाई स्वादमा प्रभावित भई निर्मित यस उत्पादन विशेष गरी परम्परा अनुसारको खाजाको स्वादमा प्रभावित भई उपभोक्ताको रोजाई र स्वादिष्ट खाजाको रुपमा प्रयोग गर्न सकिने क्मप्नीको भनाइछ । प्रिन्गल्सको नयाँ चिप्सहरुलाई नयाँ किसिमले थाई स्ट्रिट फुड स्टलको रुपमा उपभोक्तालाई सहज हुने तरिकाले बजारमा ल्याएको भन्दै कम्पनीले नेपाली बजारमा १४७ ग्रामको खाजा २ सय ७५ मूल्य पर्ने बताएको छ ।