कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
291

नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरूले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरूका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूसँगको स्वागत तथा भेटघाटमा उनीहरूले आफुहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरूको बजारीकरणमा सघाउने बताएका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरूको योगदानलाई बिर्सन नहुने बताउनुभयो । आफुहरू लघु, घरेलु तथा साना उद्योगीहरूकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिए ।
भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरूको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरूको प्रमुख जिम्मेवारी रहेको बताए ।
महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।
मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरूको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उनले जोडदिउ।
। यस्ता उत्पादनहरूको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरूले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।