लक्ष्मी सापकोटा
बिहिवार, भदौ १९, २०७६
997

सरकारले अर्काे सातादेखि दसैंलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनुका साथै बजारमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि आगामी २३ गतेदेखि सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सुपथ पसल आगामी २३ गतेदेखि छठसम्म सञ्चालन गरिने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वमा उपभोक्ताका लागि राहत दिनकालागि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारी स्वामित्वमा रहेका नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पाेरेसनले उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्नेछन् । सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ,चिनी प्रतिकेजीमा पाँच,खसीबोका प्रतिकेजीमा १०रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन् । सुपथ पसल सञ्चलान गर्नका लागि बिहीबार निजी क्षेत्रका व्यावसायीसँग छलफल गर्न लागिएको उनले जानकारी दिए ।

सुपथ पसल कुन कुन ठाउँमा सञ्चालन गर्ने भनेर बिहीबारै निर्णय गरिने उनले जानकारी दिइन ।उपत्यका बाहिर स्थानीय निकायको सहकार्यमा सुपथ पसल सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । निजी क्षेत्रका व्यवसायीले समेत सहुलियतपसल सञ्चालन गर्ने तयारी गरेका छन् ।
सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि गत वर्षदेखि बजेटमै रकमको व्यवस्था गर्दै आएको छ । यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि १ करोड ७५ लाख र साल्ट टे«डिङ कर्पाेरेसनको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्यक्ष वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मुल्य लिई उपभोक्ता ठग्ने गर्छन । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो ।
सहुलियत पसललाई सातवटै प्रदेशमा वर्षभरी नै सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।उपभोक्तालाई राहत दिनका लागि सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।
यसअघि चाडपर्वको बेला मात्र सञ्चालन गदै आएको सहुलियत पसल आगामी वर्षदेखि सातै प्रदेशमा वर्षभरी नै सञ्चालन गर्न लागिएको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
सात प्रदेशमा १४ वटा सुपथ पसल सञ्चालन गरिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा वर्षेभरी सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । “सुपथ पसल सञ्चालन गर्नेगरी कार्ययोजना तयार गरिरहेका छौं,” उनले भने, “यसले गर्दा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउने छन् । ” प्रत्येक प्रदेशमा कम्तीमा एउटा गरेरसातै प्रदेशमा १४ वटा सुपथ पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
सुपथ पसल सञ्चालन गरेसँगै उपभोक्ताले राहत पाउनेछन् । सुपथ पसलमा दैनिक उपभोग्यका वस्तु नुन, चिनी, चामल, दाल, गेडागुडी, मैदा, आटा, घिउ लगायतका अन्य खाद्य पदार्थ राखिने छ ।