कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
422

साना तथा मझौला व्यवसायी महासंघ नेपालको आयोजनामा विहिबारबाट काठमाडौंको भृकृटीमण्डपमा नेपाल एसएमई व्यापार एस्पो २०१९ आयोजना हुने भएको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा महिलाहरुले उत्पादन गरेका वस्तु, हस्तकला तथा विभिन्न वस्तुगत उत्पादनहरुको स्टल राखिने जनाएको छ ।
यस्तै, मेलामा पर्यटक तथा सांस्कृति उद्योगहरुको विकास तथा प्रवद्र्वन गर्न विभिन्न जातजातीका भेषभुषाहरुको प्रदर्शनी तथा खानाका परिकारहरु पनि राखिने महासंघका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए ।
विश्व पर्यटन दिवस एवम् हिन्दुहरुको महान चाड बडा दशैंको अवसरमा आयोजना हुन लागेको मेला ५  दिनसम्म चल्ने छ । मेलाको उद्घाटन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको छ ।