कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
328

पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिंक नामक बदाम ड्रिंक बजारमा ल्याएको भन्दै पायो बदाम ड्रिंक शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको पनि जनाएको छ ।
यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ हुने भन्दै भारतको चेन्नाईको एक कम्पनीसंगको सहकार्यमा बनेको यस बदाम ड्रिंक पूर्ण रुपमा अर्गा्िनक भएको र आईएसओ सर्टिफाईड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए ।
साँथै, उनले पायो बदाम ड्रिंक बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे । उनले भने, ‘नेपालमै केहि गर्नुपर्छ भन्ने मान्यताले केहि युवा मिलेर यो सुरुवात गरेका छौं । हाम्रा नेपालमा बजार पाउनेमा आशाबादी छौं ।’