कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६
575

जुम्लामा भूकम्प प्रतिरोधी इन्टरलक इटा उत्पादन उद्योग सुरु गरिएको छ । स्थानीय माटो, वालुवा र सिमेन्ट मिसाएर बनाईएको इन्टरलक इटा उत्पादन सुरु भएको छ । २०७२ को विनाशकारी भूकम्पमा ठुलो जनधनको क्षति भयो भने, विज्ञहरूका अनुसार अबको भुकम्पबको जोखिममा साविकको कर्णाली छ । यहााँक संरचनाहरू परम्परागत शैलीमा छन् । आर्कषक भएपनि भुकम्पीय दृष्टिले भने दिर्घकालिन छैनन् ।
तर सस्तो पनि पर्ने र भुकम्पबाट पनि क्षेति नहुने खालको घर भवन निर्माण गर्न जुम्लामै पहिलो इन्टरलक इटा उत्पादन उद्योग सुरु भएको छ । अहिले जुम्ला सदरमुकाका अधिंकाश घरहरू इन्टरलक इटाबाटै निर्माण हुन थालेका हुन् । स्थानीय मनोज बुढाथोकीले कम्पनीनै दर्ता गरेर इटा उद्योग संचालन गरेका हुन् । भने यहि इटाबाट बड्की होमस्टेको कोसेली घर समेत निर्माण भइरहेको छ ।

निर्माण कार्यमा सजिलो कम लागत र छिटो घर निर्माणको काम उक्त इटाबाट सहज हुन थालेपछि छोटो समयमा बजार पाउन थालेको छ । अहिले सो इटा बनाउने मेसिन झण्डै १९ लाखको लागतमा मेशिन समेत भित्रयाईएको छ । त्यस पहिलो चरणमा झण्डै १५ हजार इटा उत्पादन गरिसकेको छ ।
जुम्लामै एम्स मल्टि म्यानिफ्याक्चरिङ कम्पनी दर्ता गराई सो कम्पनीबाटै उद्योग संचालन गरी जुम्लामा घर भवन निर्माणको काम भईरहेको छ । उद्योगका प्रोपाईटर बुढाथोकीले भने, अव नेपालगंजकै मुल्यमा इटा जुम्लामा पाईने र घर निर्माण गर्न सस्तो, सजिलो हुने भएको दावी गरे । ऋण निकालेर घर लगाउनु पर्ने अबस्थाको अन्त्य गर्दै सस्तोमा घर निर्माणको जिम्मा इन्टरलक इटा उद्योग लिने समेत बताए । छोटो समयमा जुम्लामा इन्टरलक इटाले बजार पाएको छ ।
यता,शहरी विकास तथा भवन कार्यालय जुम्लाका प्रमुख राम आशिस दासका अनुसार भुकम्पका दृष्टिले इन्टरलक इटा अहिले सरकारको कार्यसूचिमा परिसकेको र भूकम्प प्रतिरोधी समेत भएको बताए । उनले वैकल्पिक घर निर्माणका लागि अहिले सो इटा उत्तम भएको जानकारी दिए ।
१५ हजार इटा उत्पादन
जुम्लामै उत्पादन भएको सो इन्टरलक इटा करिब १५ हजार इटा् झण्डै १४ लाख पच्चिस हजार मुल्यमा इटा उत्पादन भईसकेको छ । अर्डर अनुसार नै उत्पादन भएकोले घरहरू निर्माण समेत भईरहेका छन् । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकाको होमस्टेको कोसेली घर, चन्दननाथ नगरपालिका वडा नं ४ मा गुठीचौर गाउँपालिका ५ का वडाध्यक्ष चन्द्र नेपालीको घर लगायत धेरै घरहरू यहि इटा निर्माण भईरहेको छ ।
अहिले इन्टरलक इटा उद्योग निर्माण पछि अडर पनि उत्तिकै बढ्न थालेपछि एक बर्षमा आम्दानी राम्रै हुने कम्पनीले बताएको छ । ठूलो आकारको सो इटा भने अन्य इटा भन्दा ३ गुण ठूलो छ । वीचमा सरिया, दाँया बाँया पिल्लर, हरेकको वीचमा प्वाल भएकाले बलियो हुने देखिन्छ । वडाध्यक्ष चन्द्र नेपालीका अनुसार जुम्लामै इटा् पाउनु निकै राम्रो कुरो, ढुंगा माटो भन्दा सस्तो र छिटो हुने रहेछ, यसलाई आबश्यकता परे स्थानीय सरकारले पनि लगानी गर्नु पर्नेमा जोड दिए ।
इटाको माग बढ्दो
एम्स मल्टि म्यानिफ्याक्चरिङ कम्पनी दर्ता गरी इन्टरलक इटा् उद्योग संचालन भएको धेरै समय भएको छैन् । तर पहिलो चरणमा मेसिनको क्षामता अनुसार १५ हजार इटा उत्पादनको अर्डर आएपछि उत्पादन गरियो । सबै बजारमा गएर घरहरू निर्माण भईसकेका छन् । मनोज बुढाथोकी मगरले भने, यसको माग छोटो समयमा धेरै बढ्यो, अब अहिले १० क्षामताको मेसिन उत्पादन नधान्ने भएपछि झण्डै ५३ हजार इटा् एकै पटक उत्पादन हुने मेसिन खरिदका लागि अर्डर भईसकेको उनको भनाई छ । नेपालमा सारै महंगो पर्छ, रसियन डिजाईन घरहरू निर्माण हुने भएकोले रसियाबाट सिधै मेसिन जुम्लामा आउने र त्यसको लागत ३० लाख जति लाग्ने उनको अनुमान छ । माग अनुसारको इटा उत्पादनका लागि मेसिन नँया ल्याउन लागिएको हो । अहिले इन्टरलक इटा्बाट निर्माण गर्न ९ वटा घरको अर्डर आएको बताए ।
२५ जनालाई रोजगारी
यहाँ स्थानीय सरकार आईसकेपछि सोचे अनुसारको रोजागारी सृजना भएन । यहाँका युवा, महिलाहरू सधै कालापहाड गर्दछन् भने, ज्याला मजदुरीमा पनि त्यति राम्रो कमाई छ । तर इन्टरलक इटा् उद्योग संचालन गरेपछि जुम्लाका २५ महिला, पुरुष, तथा बेरोजगार युवायुवतीले रोजगार पाएका छन् । जसमा महिला १२ जना इटा उद्योगमा, ५ जना क्रसर उद्योगमा, र ८ जना युवायुवती टायल तथा तार जालीमा ८ दैनिक काम गरिरहेका छन् ।