कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६
235

पञ्चकन्याग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव आइतबार एक भव्य कार्येक्रमको आयोजना गरी मनाएको छ । सो कार्येक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस.वाटरट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित पनि गरिएको भन्दै कम्पनीले कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेकोबारे आफ्नो अनुभव बताएको पनि जनायो ।


सातामा धेरै पढिएको