कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६
234

मुलुक संघीयतामा गइसकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरिसकेको छ । यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बांके जिल्लामा रहि टूर्स एण्ड ट्राभल व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुलाई समेटेर नाट्टा बांके च्याप्टरको स्थापना गरिएको छ ।
सो बांके नाट्टा च्याप्टरको स्थापना र घोषणा कार्यक्रममा नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालमा पर्यटन व्यवसाय र विशेष गरि ट्राभल्स टूर्स व्यवसायमा नाट्टाको संलग्नता र महत्व बारेमा प्रकाश पार्नु भयो ।मुलुक संघीयतामा गइसकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरिसकेको छ । यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बांके जिल्लामा रहि टूर्स एण्ड ट्राभल व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुलाई समेटेर नाट्टा बांके च्याप्टरको स्थापना गरिएको छ । सो बांके नाट्टा च्याप्टरको स्थापना र घोषणा कार्यक्रममा नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालमा पर्यटन व्यवसाय र विशेष गरि ट्राभल्स टूर्स व्यवसायमा नाट्टाको संलग्नता र महत्व बारेमा प्रकाश पार्नु भयो ।उक्त कार्यक्रममा बोल्दै नाट्टा प्रदेश ५ का प्रमुृख सल्लाहकार तथा भिजिट नेपाल २०२० प्रदेश ५ का संयोजक माधव नेपालले नेपाल सरकार र नीजि क्षेत्र बीच  आपसी सहकार्य र सहयोग पर्यटन क्षेत्रको एक उदाहरणीय समन्वय रहेको बताए ।
 कार्यक्रममा बोल्दै नाट्टा प्रदेश ५ का महासचिव चन्द्र बहादुर थापाले यस प्रकारको च्याप्टर स्थापनाले व्यवसायीहरुलाई एकताबद्ध गर्न र उत्पन्न समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्न सघाउ पुग्ने जानकारी  दिए ।कार्यक्रममा१३ सदस्यीय नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बांके च्याप्टर तदर्थ समितिको घोषणा गरिएको छ । राम सिग्देल अध्यक्ष, डिल्लीराज रेग्मी उपाध्यक्ष, झविलाल शर्मा महासचिव,भागिराम वली सचिव,राम बहादुर श्रेष्ठ कोषाध्यक्ष,पारश शाह सह–कोषाध्यक्ष,र सदस्यहरुमा विन्जु बस्नेत,कृष्ण कुमार श्रेष्ठ,कुमार चाल्स श्रेष्ठ,अजमल सिद्धिकी,तिलक सिंहाली,निर्मल सिंह,शम्भु बुढाथोकी रहेका छन् । यस च्याप्टरलेबांके लगायत आसपासका क्षेत्रहरुमा रहेका पर्यटन स्थलहरुको विकाश र प्रवद्र्धन गर्न एंव संघारमा रहेको नेपाल भ्रमण बर्ष २०२० लाई आन्तरिक पर्यटनमा सघाउ पुर्याउन यो च्याप्टरको महत्वपूर्ण योगदान रहने कुरामा नाट्टा केन्द्रले विश्वास लिएको छ ।