कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६
296

विगत वर्षहरूमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ४७ औं वार्षिकोत्सव मनाउने सिलसिलामा मंगलबार गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र र पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिस्टर्स कन्सर्न उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपस“ग आबद्ध शुभचिन्तकहरू गरी सहभागीमध्ये जम्मा ४५ जनाले रक्तदान गरेका भन्दै पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको पनि जनाएको छ ।


सातामा धेरै पढिएको