कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६
434

ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ । नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको छ र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको छ ।
८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्टि अनुभव प्रदान गर्दछ । यसलाई सार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो-याउदै आइरहेको जनाएको छ ।
ओयोले एक ट्यापमै प्रविधिमार्फत गुणस्तरीय तथा सुलभ आवास प्रदान गरिरहेको छ । यो लाइट एप ल्याउनाले यस तथ्यलाई मज्बुत बनाउछ कि ओयोमा प्रविधि गहिरो रुपमा सम्मिलित गरिएको छ र यसले सम्पूर्ण क्षेत्रमा अतिथिहरुको अनुभव बढाउन मुख्य भूमिका निर्वाह गरेको भन्दै ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत, अनिल गोयलले ओयोमा प्रविधिमार्फत अतिथिहरुलाई निर्बाध, सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गर्न प्रतिबद्ध रहेका बताए ।