कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
204

टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रिको लागि द टाटा मोटर्स इम्पेरर प्रोगामको उद्घाटन गरेको छ । यो कार्यक्रम टाटा मोटर्सको सम्पूर्ण कमर्सियल गाडीहरुको लागि हो, जसले नयाँ तथा पुरानो दुबै खरिदकर्तालाई समावेश गर्छ भन्दै कमपनीले यस कार्यक्रमले कम्पनीको विशेष ग्राहकलाई सम्मान गर्दै ती ग्राहकहरुलाई रिवार्ड प्वाइट प्रदान गर्ने बतायो । कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपुर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वार्षिक मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने तथा ग्राहक वर्गहरुलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणिय बनाउने उदेश्यले यो लोयल्टी प्रोग्राम सुरु गरिएको पनि कम्पनीले जनाउको छ । कार्यक्रममा बोल्दै टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले यस्ता किसिमका कार्यक्रमले नेपाली कमर्सियल गाडी इन्डस्ट्रिमा हाम्रो र ग्राहक वर्गको सम्वन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गरे ।