कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
321

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीहरूको महान चाड बडा दसैं  र तिहार २०७६ को उपलक्ष्यमा रातो टीका निधारमा नयाँ हिरो घर घरमा भन्ने नयाँ योजना ल्याएको जनाएको छ । यस योजनाअन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्परलक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने पनि कम्पनीले जनायो ।