कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
370

बाजेको सेकुवाको नयाँ आउटलेट थपिएको छ । सेकुवा पारखीहरूका लागि ललितपुरको कुमारीपाटीमा नयाँ आउटलेट खुलेको हो ।
मुख्य व्यापारिक सहरूहरूमा आफ्नो छुट्टै ब्रान्ड बनाइसकेको बाजेको सेकुवा सेकुवापारखीहरूका लागि प्रसिद्ध नाम हो ।

सहरमा बढ्दो उपभोक्ता संस्कृतिलाई लक्षित गर्दै बाजेको भेन्चर प्रा.लि.ले फ्रेन्चाइज मोडलमा कुमारीपाटीको आउटलेट खोलेको हो ।
करिब ५० लाखको प्रारम्भिक लगानी आवश्यक पर्न आउटलेटका लागि प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानीमा आउटलेट स्थापान गरेका छन् ।
२० जानाले प्रत्यक्ष रोजगारी पाएका छन् । काठमाडौं उपत्यकाको सिनामंगलबाट ४ दशकअघि सुरु भएको बाजेको सेकुवा रेस्टुराँअन्र्तगत अहिले उपत्यकाबाहिर ३ वटा आउटलेटसहित ११ वटा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् । योमध्ये अनामनगर, सो¥हखुट्टे, गैरीधारा र बत्तीस पुतलीमा सबै लगानी कम्पनीको रहेको छ ।


सातामा धेरै पढिएको