कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६
415

नेपालमा सन् २००० देखि सजावटी रंगहरूको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रा.लि.ले महान चाड बडादसैं र तिहारको अवसरमा प्रवद्र्धनात्मक योजना बर्जर कलर स्प्ल्यास आरम्भ गरेको जनाएको छ । यो योजना भदौ १ गतेदेखि कार्तिक मसान्तसम्म लागू गरिएको भन्दै कम्पनीले योजनाअन्तर्गत १०० वर्ग फिट सिल्क इलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न बर्जर पेन्ट्सका ग्राहकहरूले छानिएका ब्राण्डहरू खरीद गर्नु पर्ने जनाएको छ ।
योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद ५ लाख र २ जोडीले लण्डन ट्रिपको अवसर प्राप्त गर्ने पनि कम्पनीले जनायो । अन्य पुरस्कारहरूमा ३२ इन्चको सामसुङ एलइडी टिभी २५ जनालाई, आन्तरिक ट्रिपहरू ५० जोडीलाई र सामसुङ मोबाइलफोन १०० जनालाई प्रदान गरिने कम्पनीले बताएको छ । उपभोक्ताहरूले बर्जर पेन्टले रँगाइएका बाहिरी र भित्री भित्ताहरूको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामापनि भाग लिन सक्नेछन् र सहभागीहरू मध्ये ३३जनाले विभिन्न पुरस्कारहरू जित्न सक्ने कम्पनीको भनाइ छ । घरधनीहरूले यस योजनाकाबारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।