कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
232

वाणिज्यका प्रत्यक्ष सहयोगी कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा संघ (कोसान) ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोसानको २५ औं रजत जयन्ती वर्ष तथा कुरियर दिवसका अवसरमा रक्तदान कार्यक्रम गरी सम्पन्न भएको संघले जानकारी गराएको छ ।
सामाजिक उत्तर दायित्व निर्वाह गर्दै कोसानका सदस्य कम्पनीका कर्मचारी त्यस्तै स्थानीय बुद्धिजीवीसहित महानगरीय प्रहरी वृत्त बानेश्वरसमेत सहभागी भएको त्यस कार्यक्रमबाट ७० पिन्ट रगत सकंल्न हुन सफल भएको बताइएको छ । कोसानका अध्यक्ष गोविन्द ढुङ्गेलका अनुसार यो वर्ष संघको रजत जयन्तीका अवसरमा वर्षभरि विभिन्न सामाजिक क्रियाकलाप गरिनेछ ।
भूकम्पपीडित अनाथ बालबालिकालाई भदौ १५ गते आर्थिक सहयोगसहित भोजन गराइनेछ । योलगायत विभिन्न सामाजिक कार्यक्रमको आयोजना हुने जनाइएको छ । तर, उनले कुरियर कम्पनीबाट देशको वाणिज्य र आर्थिक क्रियाकलापलाई तीव्र बनाउन सधैं सहयोगी भूमिका निर्वाह गरे पनि राज्यबाट उद्योग फस्टाउने विशेष नीति लिन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।