कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६
381

दसैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको जनाएको छ ।
बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको भन्दै कम्पनीले दसैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरूलाई मोटरसाइकल किन्नुभन्दा अगाडि र किनेपछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान पनि गरेको जनायो ।

कम्पनीका अनुसार बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरूले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्र्याच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरूले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरूले बजाज मोटरसाइकलको खरिदपश्चात् फेरि अर्को स्क्र्याच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरूले १ लाखसम्मको नगद छुट पाउनेछन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए ।
“यस अफरमार्फत ग्राहकहरूले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन्,” उनले भने ।