कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
282

पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ कम्पनीको लोकप्रिय योजना ‘महापर्वको रंगोत्सव’ फेरि ल्याएको जनाएको छ । सदाझैं यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो भन्दै कम्पनीले यस वर्षको योजनाअन्तर्गत उपभोक्ताहरूले ५० हजार रुपैयाँबराबरको पेन्ट्स खरिद गरी ‘लक्की ड्र’ कुपनमार्फत सुन र चाँदीको उपहार जित्न सक्ने पनि जनाएको छ ।
योजनाको अन्तमा ‘लक्की ड्र’ मार्फत ४ जनाले तेस्रो पुरस्कारका रूपमा जित्नेछन् २०० ग्राम चाँदी, ४ जनाले दोस्रो पुरस्कारका रूपमा जित्नेछन् ५ ग्राम सुन र ४ जनाले पहिलो पुरस्कारका रूपमा जित्नेछन् १० ग्राम सुन, एकजना भाग्यशाली विजेताले भने बम्पर उपहारमा जित्नेछन् २० ग्राम सुन तथा १ लाख रुपैयाँबराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी तुरुन्तै पाउने पनि कम्पनीले जनाएको छ ।
पशुपति पेन्ट्सले चाडपर्वलाई लक्षित गरी उपभोक्तामाझ यो योजना ल्याएको यो तेस्रो पटक हो । नेपालको सबैभन्दा पहिलो पेन्ट्सका रूपमा स्थापित पशुपति पेन्ट्सले हालै आफ्नो ३६ औं वार्षिकोत्सव पूरा गरेको छ ।

 


सातामा धेरै पढिएको