कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
275

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभअवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना नेपाली बजारमा ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक ६० हजार रुपैयाँ (भ्याटसहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्ने भन्दै कम्पनीले योजनामा ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत बम्परमा १० तोला सुन, १० भाग्यशाली ग्राहकले स्मार्टफोन र ३ भाग्यशाली ग्राहकले एलईडी टिभी जित्ने अवसर प्राप्त गर्न सक्ने बतायो ।
यसका साथै ग्राहकहरूले हात खाली नजाने उपहारअन्तर्गत हाते घडी जित्न सक्ने तथा ‘लक्की ड्र’ मा सहभागी हुनका लागि ग्राहकहरूले ३४००१ मा एसएमएस गर्न सक्ने जनाएको छ ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको भन्दै नेपालमा भीओसीरहित पेन्टलाई सशक्त रूपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरणको प्रचार–प्रसार गर्दै आएको पनि जनाएको छ । नेपाली पेन्टका ग्राहकहरूका लागि केएनपीले लगातार दोस्रो पटक रंगमा दंग जस्तो आकर्षक अफर ल्याएको पनि कम्पनीले स्मरण गरेको छ ।