कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
438

नेपालको राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्रान्डको डेब्यू भएको भन्दै होटलले आधुनिक यात्रुहरूलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित पछिल्लो पिढीका यात्रुहरूलाई आकर्षक सांस्कृतिक सहरसँग जोड्ने जनाएको छ ।
मेरिएट इन्टरनेसनल, दक्षिण एसियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भिœयाएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरूलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरूको स्वभाव अनुसार संस्कृतिक अनुभवहरू प्रदान गर्छ ।”

२ सय १४ वटा सुव्यवस्थित कोठाहरूले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्छ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ भन्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, “काठमाडौं मेरिएट होटल बस्नका लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महसुस गरेर डिजाइन गरिएको छ ।
हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरूलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरू प्रदान गरेर अतिथिहरूलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिङ स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।”