कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
459

नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफ ओरिजिन अर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइन जारी हुने व्यवस्था मिलाएको जनाएको छ । बुधबार परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइन व्यवस्थाको शुभारम्भ गरे ।
उक्त अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले अनलाइन प्रणालीले व्यापारमा हुने गैरकर अवरोधहरू कमभई थप प्रतिस्पर्धीहरूलाई सहयोग पुग्ने बताए ।

सचिव अधिकारीले व्यापारसँग जोडिएका भन्सार कार्यालयहरू, नेपाल राष्ट्र बैंकलगायतका निकायहरू एकीकृत अनलाइन प्रणालीमा आबद्ध हुन लागेकाले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराए ।
सो अवसरमा व्यापार प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले व्यापारमा कागजीअवरोध कमहुने भएकाले अनलाइन प्रणाली लागु गर्न व्यवसायीक क्षेत्रले सघाउनु पर्ने बताए ।
नेपालउद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइनजारी गर्न परिसंघले आवश्यकतयारी पुरा गरेको बताए ।
अध्यक्षमोरले भारततर्फको निकासीमापनि परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे । निकासी व्यापारमाथप सहुलियत तथा अहिले व्यापारमा देखा परेकाकानूनी झन्झट हटाउन समेत अध्यक्षमोरले आग्रह गरे । परिसंघले बुधवार सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अबअनलाइन व्यवस्थालाई एक महिनाभित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाउने जनाएको छ ।