कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
262

रोटरी क्लब अफ धुलिखेलको वर्ष २०१९-२० को अध्यक्षमा विष्णुप्रसाद सापकोटाले शपथ लिएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ मा सबैभन्दा राम्रो क्लबका रूपमा चिनिएको रोटरी धुलिखेललाई आगामी दिनमा अझ सशक्त तरिकाले अगाडि लग्ने प्रतिबद्धता साथ नयाँ अध्यक्षले रोटरी वर्ष २०१९-२० मा स्वास्थ्य, शिक्षा र आयआर्जनको कार्यक्रममा बढी प्राथमिकतामा राख्ने जानकारी दिए ।
शपथ कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमुख्य सचिव तथा रोटरी डिस्ट्रिक ३२९२ का पूर्वडिस्ट्रिक गभर्नर तीर्थमान शाक्यले रोटरी क्लब अफ धुलिखेल जस्तो गरिमा माय संस्थाको अध्यक्ष हुनु धेरै गौरवको विषय रहेको जानकारी गराउँदै धुलिखेल रोटरीले समाजमा पु¥याएको योगदान सारै सराहनीय रहेको बताए । रोटरी क्लब अफ धुलिखेल २०१८–१९ मा उत्कृष्ट क्लब छानिएको हो ।