कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
347

असीभन्दा ज्यादा देशहरूमा अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित तथा रुचाइएका ब्रान्ड भएका किङफिसरले देशको प्रतिनिधित्व गर्न असाधारण प्रतिभाका खोजीमा दोस्रो मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल–२०१९ को लागि मुख्य–प्रायोजन गरेको छ । प्रतिभा छनोटका ५१ औं संस्करणका रूपमा आयोजित मिस एसिया प्यासिफिक इन्टरनेसनल–२०१९ मा नेपाली प्रतिभाहरूका सहभागिता हुनेछ । यस कार्यक्रममा किङफिसर मुख्य–प्रयोजकका रूपमा रहने छ भने एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आईईसी स्कुल अफ आर्ट एन्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रूपमा रहनेछ ।
यस कार्यक्रमको आयोजना ग्रुप अफ इभेन्ट इन्टरटेनर्स प्रालिले गर्ने जनाएको छ । यसमा किङफिसरको ब्रान्ड भ्याल्यु प्रस्तुत हुने विश्वास लिइएको जनाउँदै मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपालमा यो दोस्रो वष आयोजना भइरहेको पनि बताएको छ । यो वर्ष अडिसनका लागि देशव्यापी रूपमा किङफिसर मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल जानेछ र प्रतियोगीहरूमध्ये अन्तिम चरणमा पुगेका सहभागीहरूलाई काठमाडौं ल्याई सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरूद्वारा एक हप्ताको प्रशिक्षणसमेत प्रदान गरिनेछ र फाइनल प्रतियोगितामा सहभागी गराइने आयोजकले बताए ।
मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल–२०१९ मा विजेता हुनु हुनेले २५ सेप्टेम्बरदेखि १० अक्टोवरसम्म फिलिपिन्सका मनिलामा सञ्चालन हुने ५१ आ मिस एसिया प्यासिफिक इन्टरनसनल–२०१९ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न पाउनु हुनेछ । त्यसैगरी फस्ट रनर्सअप ल मिस टुरिजम क्विन इन्टरनेसनल– २०१९ को आयोजना हुने राष्ट्रमा सहभागी हुन पाउनु हुनेछ । त्यसैगरी सेकेन्ड रनर्सअपले दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन–२०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउन पाउने छिन् । उक्त कार्यक्रम जुन २० सेप्टम्बरदेखि ४ अक्टोबरसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।