कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
356

नेपाल रत्न तथा आभूषण सघंको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका र्र्गनर डा. चिरञ्जीवी नेपालले अब नेपाली व्यवसायीहरूले परम्परागत ढगंबाटभन्दा पनि आधुनिक, गुणस्तरीय वस्तु उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले गरगहना निकासीलाई प्राथमिकता दिएर वस्तुहरू उत्पादन गरेमा चाहेजति सुन उपलब्ध गराउन नेपाल राष्ट्र बैंक तयार रहेको बताए गभर्नर नेपालले सुनचाँदीको कारोबार गर्ने व्यवसायीहरूको बीचमा एकता अनिवार्य रहेको बताउँदै सक्षम कालिगढ उत्पादन कार्यका लागि तालिम उपलब्ध गराउनदेखि लिएर, विश्व परिवेशमा नेपाली उत्पादनलाई वैज्ञानिक र गुणस्तरीय बनाउन चाहिने मेसिनरी औजारका लागि नेपाल राष्ट्र बैंकले सहयोग गर्ने वताए कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली गरगहनाको क्षेत्रमा देखा परेका समस्या र चुनौतीमा राज्य गम्भिर हुनुपर्ने बताइन् ।

उनले पर्याप्त सुन अभावका कारण व्यवसाय चलाउन गाह्रो परेको बताउँदै अध्यक्ष राणाले यदि यो क्षेत्रमा खासगरी कालिगढी पेशामा मात्र नेपालीलाई आत्मनिर्भर गराउन सके धेरैलाई रोजगारी दिन सक्ने उनको धारणा थियो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपालले सुनचाँदी हिराजुहारत जस्ता व्यवसाय बहुमूल्य घातु भएकाले पारदर्शी र व्यवस्थित हिसावले कारोबार गर्न उनले व्यवसायीलाई आग्रह गरे यो व्यवशाय संवेदनशील व्यवसाय भएकाले गम्भीर भएर यसको एकान्टिङ प्रणालीलाई पारदर्थी ढंगबाट रिपोर्टिङ गर्न पनि अनुरोध गरे । उनले सरकारले ल्याएका नीति नियमका कारण कुनै समस्या आए आफू जहिले पनि व्यवसायीसँगै छलफलमा रहने उनको धारणा थियो । कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल चेम्बर अफ कर्मसका कार्यवाहक अध्यक्ष राजेन्द्रमल्ल र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ लगायतले गरगहना क्षेत्रमा देखापरेका हालका समस्या र चुनौतीका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । साधारणसभाले वार्षिक प्रतिवेदनसमेत पास गरेको छ ।