कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
315

 कर्णाली प्रदेशको कालिकोट जिल्ला, रास्कोट नगरपालिका–५ स्थित रास्कोटगाउँ अति विकट स्थान हो । काठमाडौंदेखि ८ सय किमि दूरीमा अवस्थित सो स्थानमा वर्षमा ६ महिना मात्र यातायातको साधन चल्छ ।
आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित सो भेगका जनताका लागि एउटा अस्पतालको परिकल्पना गर्ने डा. मुकुल ढकालको चाहनाअनुुसार सञ्चारकर्मी तथा श्री स्टिल्स्का ब्रान्ड एम्बेसेडर रवि लामिछानेको नाममा स्थापना भएको रवि लामिछाने फाउन्डेसनबाट सो स्थानमा एक सुबिधासम्पन्न रास्कोट कम्युनिटी अस्पताल भवन निर्माण गरी सञ्चालन गर्ने जानकारी पाउँदा अस्पतालमा सहयोग गर्ने भावनाले ओतप्रोत भईं सो फाउन्डेसनलाई पुष्पतारा केडिया सेवा फाउन्डेसनको तर्फबाट ३ लाख २० हजार रुपैयाँ र श्री स्टिल्स्का तर्फबाट ३ लाख २० हजार रुपैयाँ गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ आइतबारका दिन केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियाबाट एक कार्यक्रमबीच प्रदान गरिएको थियो ।