कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
391

एलजी सोरुम मीनभवनमा भएको नयाँप्रोडक्ट लन्च कार्यक्रममा एलजीले आफ्नो होम एप्लायन्स वासिङ मेसिन, डिसवासर र फ्रिजमा) एलजी स्मार्ट थिनक्यू भन्ने टेक्नोलोजी प्रस्तुत गरेको जनाएको छ । यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ मेसिन र डिसवासरलाई स्मार्ट फोनको सहायताले घरमा बसिबसी अथवा संसारको कुनै पनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिने भन्दै कम्पनीले यसका साथै लोयल्टी प्रोग्राम पनि सुचारु गरेको जनाएको छ । यस प्रोग्रामअन्तर्गत ग्राहकवर्गहरूले सिजी इलेक्ट्रोनिक्सका कुनै पनि सामान खरिद गरेबापत थप सुविधा पाउने कम्पनीले बताएको छ ।