कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

सिद्धार्थ राणा व्यक्तिगत रूपमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता भएका छन् । यसपटकसहित राणा चौथोपटक व्यक्तिगत रूपमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मानित भएका हुन् । शुक्रबार छैटौं राष्ट्रिय कर दिवसका अवसरमा राणाका तर्फबाट सिप्रदी समूहका शम्भुप्रसाद दाहालले सम्मानपत्र ग्रहण गरे । यस्तै, राणाकै संलग्नता रहेको सिप्रदी ट्रेडिङले व्यापार व्यवसायतर्फ सबैभन्दा बढी कर तिरेका कारण सम्मानित भएको छ । कार्यक्रममा उक्त सम्मान सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनवावु श्रेष्ठले ग्रहण गरे ।

सरस्वती ढकाल
शुक्रवार, मंसिर १, २०७४

६४ मुलुकका २ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको ‘भाइब्रेट सेरामिक्स एक्स्पो एण्ड समिट २०१७’ भारतको अहमदावादस्थित गान्धीनगरमा बिहीबारबाट सुरु भएको छ । सेरामिक्ससँग सम्बन्धित उद्योग व्यवसायका अनुभव साटसाट तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोको उद्घाटन भारतीय कलाकार जेके सराफले गरे ।

कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा वर्षौैंदेखि बजारमा एप्पलका उत्पादनहरू बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरू (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस यही नोभेम्बर १७ तारिख अर्थात् मंसिर १ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

साझा यातायात प्रालिले २० वटा नयाँ बस ल्याउनका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । साझाले उक्त बस खरिदका लागि यसै साता टेन्डर माग गरेको हो । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सेयर लगानीमा साझाले २० वटा सहरी बस किन्न लागेको हो । साझाको उक्त बस खरिदका लागि काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ सेयर स्वरुप रकम उपलब्ध गराइसकेको छ ।

कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

निजी क्षेत्रले दशकौं पुरानो कालो बजारी ऐन संशोधनको माग गरेको छ । सरकारले हरेक क्षेत्रमा गरेको अनुगमन स्वागतयोग्य कदम हो भन्दै नेपाल चेम्बर अफ कमर्सले तर, अनुगमन मैत्रीपूर्ण तथा जनचेतना जगाउने खालको हुनु जरुरी रहेको बताएको छ । बजार अनुगमनको नाममा देशभरका व्यापारीलाई सरकारले निरन्तर तनाव दिँदै आएको छ र यसले मुलुकभरका सम्पूर्ण व्यापारीहरू त्रसित हुँदै आइरहनुपरेको छ, चेम्बरले जनायो ।

कारोबार संवाददाता
बुधवार, कार्तिक २९, २०७४

नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नेपाल बिजनेस एक्सिलेन्स अवार्ड पाएको छ । नेपाल उद्योग परिसंघ र फ्रोस्र्ट एण्ड सुलिभानको संयुक्त आयोजनामा पहिलोपटक भएको एक्सिलेन्स अवार्ड सिप्रदीसहित नेपाल एसबिआई बैक, विजय डिस्टिलरी, मेगा बैंक, सिजी ब्रुअरी, घोराही सिमेन्ट, अल्फाविटा, चन्द्रागिरी हिल्स, एनआईबीएल क्यापिटल, एमएमबी बैंक र टेलिटक प्रालीले जितेका छन् ।

कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

हुण्डाईको नयाँ संस्करणको भर्ना सेडान कार सार्वजनिक भएको छ । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार ५औँ पुस्ताको द नेक्स्ट जेन भर्ना सार्वजनिक गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ र निराकर श्रेष्ठले संयुक्त रुपमा भर्ना सार्वजनिक गरेका हुन् ।

कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

एरोफ्लोट रसियन एयरलाइन्सको जीएसए (नेपालका लागि आधिकारिक एजेन्ट) मा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त भएको छ ।

कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था ‘फ्रस्ट एन्ड सुलिभान’ सँगको साझेदारीमा मंगलबार ‘नेपाल बिजनेस एक्सिलेन्स एवार्ड–२०१७’ को आयोजना गर्ने भएको छ । नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टि, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यावसायिक संस्थालाई सन् २०१७ का लागि नेपाल बिजिनेस एक्सिलेन्सी एवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सरस्वती ढकाल
सोमवार, कार्तिक २७, २०७४

सरकारले मंगलबार (भोलि)देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि स्तरोन्नती गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि स्तरोन्नतीमा ध्यान दिन पनि आग्रह गरेको छ ।

कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले एक साता लामो ‘हुन्डाई मेगा एक्सचेन्ज विक’ कार्यक्रम ल्याएको छ । यहि कात्र्तिक २६ गते आइतबारदेखि मंसिर २ गतेसम्म हुन्डाइ ब्रान्डका सबै मोडलहरूमा लागू हुने गरी राष्ट्रव्यापी रूपमा सो कार्यक्रमको आयोजना गरेको हो । ग्राहकहरूका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमान्डु प्रालिले आप्नो सातांै वर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आप्नो वेबसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ । आउँदा दिनहरूमा सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरूको परिधि तथा आफूसँग आवध रेस्टुराँहरूको संख्या क्रमिक रूपमा बढाउँदै लाने योजना छ ।

कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

लामो समयदेखि चर्चामा रहेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पाेरेसन (आईओसी)का प्रतिनिधि नेपाल आएका छन् । आईओसी पेट्रोलियम पाइपलाईन परियोजनाका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय प्रनिनिधिमण्डल बिहीबार काठमाडौं आएको हो ।

कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

विभिन्न समस्याबाट ग्रसित पूर्वका उद्योगीहरू यतिबेला उम्मेदवारहरूको चन्दा आतंकबाट हैरान भएका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको पाइएको छ । उनीहरूले उद्योगीहरूलाई भेटेरै चन्दा दिन दबाब दिने गरेका छन् । चन्दाका लागि दैनिक ५०–६० वटा फोन आउने गरेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । उनका अनुसार कतिपय उद्योगी चन्दाको दबाब थेग्न नसकेर मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

भारतको बथनाहास्थित मीरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक १८ करोडभन्दा बढी नोक्सानी भएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुल बिग्रिएको थियो । यसयता यो पुलबाट मालबाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । भारतीय पक्षले २० टनभन्दा बढी वजन भएका मालबाहक सवारीलाई पुलबाट आवतजावतमा रोक लगाएको छ ।