कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा आँट्रप्रेनियोर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलविनायकमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

668
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।

622
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडादसौंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने जनाएको छ ।

461
भुवन पौडेल
शुक्रवार, आश्विन १७, २०७६

चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास सुरु हुँदा देखिएको समस्या चालू आर्थिक वर्षमा झनै छिटो देखिएको हो । कर्जाको माग उच्च तथा सीमित निक्षेपको स्रोतका कारण बैंकहरूले बर्सेनि कर्जा लगानीयोग्य रकम अभावको समस्या झेल्नुपरेको बैंकरहरू बताउँछन् ।

925
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आउने क्रममा सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८३ औं शाखा काठमाडौंको लामबगर र ८४ औं शाखा काठमाडौंको सिनामंगलमा सञ्चालनमा ल्याएको छ ।

518
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

एनआईसी एसिया बैंकले दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एसिया रेमिटको चाडपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ ।

497
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

राष्ट्रिय बाणिज्य बैक बेंसीसहर शाखाले अतिरिक्त समयमा कारोबार सुरु गरेको छ । बडादसंैको अवसरमा सेवाग्राहीहरूको भीड बढेपछि शाखाले बिहान र बेलुकाको समयमा अतिरिक्त सेवा प्रदान गरेको हो ।

561
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशमशेर थापाले केक काटेर वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरूको उपस्थिति थियो ।

493
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

नेपाल धितोपत्र बोर्डले जीवन बिमा कम्पनी तथा छुट्टै ऐनमार्फत स्थापना भएका संगठित संस्थाहरूले पनि सामूहिक लगानी कोष सञ्चालन गर्नसक्ने व्यवस्था गर्ने भएको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली २०६७ संशोधन गरेर वाणिज्य बैंकलेगर्दै आएको म्युचुअल फण्ड अन्य संस्थाहरूले पनि सञ्चालन गर्नसक्ने व्यवस्था गर्न लागेको हा ।

549
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि. ले ग्राहकका लागि मार्जिन कारोवार सुविधा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले मार्जिन कारोबार सुविधा सञ्चालन सम्बन्धि आन्तरिक कार्यविधि २०७६ पाीित गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।

691
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

नेपालीहरूको महान चाड बडादसैंको अवसरमा बिदा हुने दिनहरू २०७६ असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छन् । काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरू बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला रहने छन् ।

510
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

एनआईसी एसिया बैंकले यस वर्षको दसैंमा आफ्ना ग्राहकहरूका लागि दसैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ । जसबाट देशभरका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने भन्दै बैंकले देशकै विभिन्न सहर र ठाउँहरूमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरूले डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक ६ हजार ६ सय ७६ रुपैयाँको खरिदमा १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

470
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

454
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

ग्रामीण तथा सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकको दुई नयाँ शाखाहरू काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ ।

509
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच शनिबार बसेको बैंकको सञ्चालक समितिको ३१४औं बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा मनोनित हुनु भएका राजनसिंह भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । बैंकको स्थापनाकालदेखि पुस २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पूरा गर्नुभएका भण्डारीले आगामी ४ वर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका छन् ।

637