कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

335
भुवन पौडेल
सोमवार, भदौ १६, २०७६

मुलुकका विभिन्न बैंकका एटीएममार्फत ह्याकरले ३ करोड ४४ लाख रूपैयाँ झिकेको पाइएपछि बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले यसको विस्तृत अध्ययन गर्ने भएको छ । ह्याक भएको विषय अध्ययनका लागि नेपाल राष्ट्र बैंकले अध्ययन समिति नै गठन गरेको छ । ह्याकरले नेपाल र भारतबाट एकैपटक एटीएम ह्याक गरेको हुनाले पनि धेरै संवेदनशील अपराध भएको भन्दै राष्ट्र बैंकले गहन अध्ययनका लागि समिति गठन गरेको हो ।

400
रजनी श्रेष्ठ
आइतवार, भदौ १५, २०७६

ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका नेपाली वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन्। सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने प्रबल जंग पाण्डे ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे। एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ।

590
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधानकार्यालय रहेको) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

334
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।

203
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

एनआईसी एशिया बैंकले प्रदेश–१ का शाखामार्फत बचतमा ब्याजका अतिरिक्त बिमा सुविधा दिनेगरी सुपर चामत्कारिक निक्षेप योजना सञ्चालनमा ल्याएको छ । आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा उक्त योजनाअन्तर्गत सो बैंकले सबै ग्राहकहरूका लागि विभिन्न खाताहरू सञ्चालनमा ल्याएको हो । सुपर चमत्कारिक बचत खाताअन्तर्गत सुपर चामत्कारिक नारी बचत खातासहित सोही शीर्षकमा ज्येष्ठ नागरिक, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशिक रोजगार खाता, उद्यमशील बचत खाता र सुपर चामत्कारिक तलब बचत खाता सञ्चालनमा ल्याइएको हो ।

287
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

नेपाल बैक लिमिटेडले बैकिंग पहुंच विस्तार गर्ने क्रममा पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र काश्कीमा शाखा, काउन्टर तथा एटिएम आउटलेट एकसाथ विस्तार गरेको जनाएको छ ।

353
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

माछापुछ्रे बैंक लिमिटेडले साउन ६ गतेदेखि जारी गरेको रु.३ अर्व बराबरको ऋणपत्र भदौ १३ गते शुक्रबार ३०,००,०००-– कित्ता ऋणपत्र निवेदकहरुमा समानुपातिक रुपले बाँडफाँड गरेको छ ।

290
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

वाग्लुङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा स्थापना भएकोे ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा प्रवेश गरेको छ । बैंकले सातौ वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरि वाग्लुङ्ग जिल्लामा निर्माणधिन रहेको रंग वैंकटेश्वर मुक्तिनारायण मन्दीर कुडुले, वाग्लुङ्गलाई आर्थिक सहयोग गरेको छ ।

293
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव सूर्यप्रसाद गौतमले सहकारीका लागि कर्जा सूचना केन्द्रको छिट्टै स्थापना गर्ने प्रतिवद्धता गरेका छन् । राष्ट्रिय सहकारी महासंघले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गौतमले कर्जा सूचना केन्द्रको अभावले सहकारी क्षेत्रमा समस्या भएको भन्दै अब त्यसको समाधानमा आफू क्रियाशिल हुने बताए । ‘कर्जा सूचना केन्द्र छिट्टै स्थापना हुन्छ । त्यसका लागि महासंघ र मन्त्रालयको सहकार्यमा काम अगाडि बढ्ने छ ।’

175
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छिन् । सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो ।

297
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको को बन्छ करोडपति ?

324
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाइ नेशनल बैंकिङ इन्स्टिच्युटले प्रदानगर्दै आइरहेको बिशिष्टिकृत बैंकिङ जान्बी कोर्सलगायत अन्य विविध तालिम प्रदानगर्ने सहमति भएको बैकले जनाएको छ ।

340
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ ।

368
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका–१४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

396

सातामा धेरै पढिएको