कारोबार संवाददाता
बिहिवार, श्रावण १, २०७७

नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंक वित्तीय संस्थाले अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिने भएका छन् । कोरोना भाइरसका कारण लकडाउन भएको समयमा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको सहजताका लागि निःशुल्क एटीएम तथा विद्युतीय कारोबार गरेका थिए । असारको पहिलो सातादेखि लकडाउन खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका शाखा खुल्न थालेको र सर्वसाधारणको आवतजावत पनि बढ्दै गएकाले खाता भएकै संस्था भन्दा अन्य वित्तीय संस्थाका एटीएम प्रयोग गर्दा लाग्ने शुल्क पुनः बिहीबारदेखि सुरु गर्ने भएको हो । त्यसका साथै कनेक्ट आइपीएसमार्फत कारोबार गर्दा समेत शुल्क लाग्ने भएको छ ।

669
कारोबार संवाददाता
बिहिवार, श्रावण १, २०७७

संविधानले अर्थतन्त्रको आधारका रूपमा स्वीकार गरेको एउटाक्षेत्र सहकारी तथ्यांक तथा अभिलेखको व्यवस्थापन भने भद्रगोल हुन थालेको छ । संघीय सरकारसँग सहकारी क्षेत्र हेर्ने मन्त्रालयदेखि नियमन गर्ने छुट्टै विभाग पनि कायम छ । तर, यी निकायसँग संघसंस्थाको संख्यादेखि कारोबारको अवस्थाजस्ता सामान्य सूचना समेत छैन ।

701
कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सि प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार रुपैयाँ, गोइन्का स्टील प्रालिलाई पाँच लाख ६० हजार चार सय रुपैयाँ रहम कस्तान्तरण गरेको छ ।

555
कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७

सिद्घार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेका हुन् ।

435
कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७

बहुचर्चित पोलिमर नोट छपाइमा घोटाला प्रकरणमा मंगलबार विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलसहित ३ जना आरोपीलाई सफाइ दिएको छ ।

625
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई सोमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको सुरु भएको छ ।

486
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा सञ्चालनमा ल्याएकोे छ ।

446
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बिमा सुविधा अन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरेको छ ।

450
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु आर्थिक वर्षको नाफाबाट लाभांश वितरणको सन्दर्भमा सबैलाई न्याय हुने गरी व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंक सम्बद्ध पक्षहरुसंग छलफलमा भएको हुनाले कुनै निर्णय भने लिइसकेको छैन । सोमबार अर्थसमितिले आगामी मौद्रिक नीतिका लागि सुृझाव दिने क्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नरले लाभासं वितरण गर्ने नगर्ने विषयमा छलफल भैरहेको बताए ।

989
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षभित्र पुनर्कर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीबारे जानकारी गराउँदै गभर्नर अधिकारीले धेरैभन्दा धेरै ऋणीले सुविधा पाउने गरी कार्यविधि तयार गरिएको बताएका हुन् । सरकारले बजेटमार्फत राष्ट्र बैंकमा रहेको पुनर्कर्जा कोषको रकम वृद्धि गर्दै एक खर्बको पु-याउने घोषणा गरेको थियो । यसबाहेक पनि राष्ट्र बैंकले नै सञ्चालन गर्ने गरी ५० अर्ब रुपैयाँको अर्को छुटै कोष पनि स्थापना गर्ने घोषणा सरकारले गरेको छ ।

516
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

बैंकहरूले सोमबारदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति अन्त्य गरेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि बैंकरहरूले संस्थाअनुसारको ब्याजदर निर्धारण गर्ने गरी सहमति तोडेका हुन् ।

604
कारोबार संवाददाता
सोमवार, असार २९, २०७७

दोलखाका व्यवसायीहरुले व्यवसाय नै नचलेका बेला मानसिक तनाब बढेको गुनासो गरका छन् । ३ महिनाभन्दा बढीको लकडाउनका कारण व्यवसाय सञ्चालन हुन नसकेको अवस्थमा बैंक तथा वित्तीय संस्थाको लगातारको फोन र एसएमएसले टाउको दुःखाई भएको उनीहरुको गुनासो छ । “यस्तो अवस्थामा त कतिले आत्मा हत्या नै गर्नु पर्ने अवस्था आए यसको दोष कस्ले लिने ?” दोलखा उद्योग वाणिज्य संघका सचिव विमल श्रेष्ठले भने । दोलखा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघले चरिकोटमा संयुक्त रुपमा ¥याली नै गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको ध्यानाकार्षण गराए ।

1115
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

नबिल बैंकले ३६औं वार्षिक उत्सव पारेर नबिल डिजी बैंकको सुरुवात गरेको छ । बैंकलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुपर्ने भन्दै बैंकले डिजी बैंक शुभारम्भ गरेको हो ।

833
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

कुमारी बैंक लिमिटेड र देव विकास बैंकको आधिकारिक एकीकृत कारोबार सुरु भएको छ ।

567
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

सनराइज बैंकले एकै दिन ४ वटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरे ।

434