कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

ग्राहकवर्गहरूको सेवालाई ध्यानमा राखेर सेञ्चुरी कमर्सियल बैंकले ‘एफवान सफ्ट इन्टरनेसनल’सँग बैंकको मोबाइल बैंकिङ स्तरोन्नतिको सम्बन्धी सम्झौता गरेको छ ।

389
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

राष्ट्रिय वाणिज्य बैंक शाखा खाँदबारीले माट्स नेपाल संखुवासभाको सरक्षणमा रहेको साहाराविहीन बालबालिकाहरूलाई खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ । खाँदबारी १० नयाँ बजारमा अनाथलयका रूपमा राखिएको ८ बालबालिकालाई १ सय केजी चामल, १० किलो दाल, १० लिटर तेल, एक सिलिन्डर ग्यास र सावुन वितरण गरेको हो ।

389
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

सरकारले आगामी असारसम्ममा विदेशमा रहेका विद्यार्थीका लागि न्यूनतम खर्च पठाउन नो अब्जेक्सन लेटर आवश्यक नहुने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण अझै पनि नियन्त्रण आइनसकेपछि विदेशमा रहेको नेपाली विद्याथीलाई सहज होस भनेर सरकारले आगामी असासरम्म नेपालबाट विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि विदेशमा रहेको विद्यार्थीलाई नो अब्जेक्सन लेटर विना नेपालमा रहेका अभिभावकले विदेशी मुद्रा पठाउन सक्ने भएपनि

770
कारोबार संवाददाता
शनिवार, बैशाख २०, २०७७

एनआइसी एसिया बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई गन थर्ममिटर सहयोग गरेको छ । हालसम्म गन थर्ममिटर नहुँदा गाउँपालिकामा रुघा तथा खोकी लागेका बिरामीको उपचार गर्न कठिनाइ भएको अवस्थामा बैंकले ११ थान गन थर्ममिटर सहयोग गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

452
कारोबार संवाददाता
शनिवार, बैशाख २०, २०७७

सनराइज बैंकले विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई वितरण गरेको छ ।

447
कारोबार संवाददाता
शुक्रवार, बैशाख १९, २०७७

सनराइज बैंकले घरमै बसेर सामान खरीद गर्दा विशेष छूट दिने व्यवस्था गरेको छ ।

500
कारोबार संवाददाता
शुक्रवार, बैशाख १९, २०७७

पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी–३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रूपमा टिपेर जम्मा गरेको काफल बजारसम्म बिक्रीको प्रबन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ । जंगलमा फलेको काफल टिपेर बजारमा बिक्री गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पु-याइदिएकोमा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए ।

720
कारोबार संवाददाता
बिहिवार, बैशाख १८, २०७७

नेपाल राष्ट्र बैंकले लकडाउनका कारण नविकरण हुन नसकेका कर्जा सुक्ष्म निगरानीमा वर्गिकरण गर्नु नपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै लकडाउनमा नविकरण गर्नु पर्ने कर्जा र भुक्तानी अवधि थपिएका ऋणलाई सुक्ष्म निगरानीमा वर्गिकरण गर्नु नपर्ने व्यवस्था गरेको हो । त्यसैरी विदेशी संस्थाबाट विदेशी मुद्रामा एक वर्षका वा सोभन्दा धेरै अवधिका लागि ऋण वा निक्षेप लिएको भएमा त्यस्तो रकमलाइ स्रोत परिचालनमा पनि गणाना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण बैंक वित्तीय संस्था तथा व्यवसायीलाई ठूलो असर नपरोस भन्दै यस्तो व्यवस्था गरेको जनाएको ।

623
कारोबार संवाददाता
बिहिवार, बैशाख १८, २०७७

व्याज अनुदानसहितको सहुलियत कर्जाहरू सहकारीमार्फत परिचालन गर्न सहकारीकर्मीले माग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव पेश गर्दै उनीहरूले राज्यले प्रदान गर्न सहुयिलत कर्जा सहकारी क्षेत्रमा पनि आउनुपर्ने माग गरेका हुन् । सरकारले अहिले कृषि कर्जामा व्याज सहुलियत दिँदै आएको छ । तर, यो कर्जा बैंक तथा वित्तीय संस्थामार्फत मात्र परिचालन हुँदै आएको छ । सहकारीबाट कृषि ऋण लिएका सर्वसाधारणले व्याजमा अनुदान पाएका छैनन् ।

569
कारोबार संवाददाता
बुधवार, बैशाख १७, २०७७

सनराइज बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

374
कारोबार संवाददाता
बुधवार, बैशाख १७, २०७७

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले ६ लाख रुपैयाँ प्रदान गरेको छ ।

320
कारोबार संवाददाता
बुधवार, बैशाख १७, २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले रुकुमको चौरजहारी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

276
कारोबार संवाददाता
बुधवार, बैशाख १७, २०७७

केन्द्रिय बैंकले कोरोनाका कारण बन्द रहेका उद्योगलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाउन निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कोरोनाका कारण हाल बन्द रहेका पर्यटन तथा उत्पादनमुलक उद्योगलाई दुई प्रतिशत विन्दुले ब्याज घटाउन निर्देशन दिएको हो । बन्द उद्योगलाई ठूलो राहत पुग्ने भन्दै खासगरी ऋणात्मक हुने क्षेत्रलाई राहत दिन केन्द्रीय बैंकले यस्तो निर्देशन ल्याएको हो ।

649
कारोबार संवाददाता
मंगलबार, बैशाख १६, २०७७

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

661
कारोबार संवाददाता
मंगलबार, बैशाख १६, २०७७

संसारभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सनराइज बैंकले धवलागिरि र पर्वत अस्पताललाई सहयोग गरेको छ ।

477