कारोबार संवाददाता
आइतवार, बैशाख २८, २०७७

सहकारी संस्थाहरुले सदस्यलाई प्रदान गर्दै आएको विद्युतीय कारोबार गर्ने सेवा जोखिमपूर्ण भएको पाइएको छ । संस्थाहरुले आवश्यक कानुनी र प्राविधिक सुरक्षाका प्रक्रिया पूरा नगरी सेवा दिन सहकारीको कारोबारमा जोखिम बढ्दै गएको हो । हाल दुई हजारको हाहारीमा बचत तथा ऋण सहकारीहरुले विभिन्न भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा मोवाइल बैंकिङ सेवा सञ्चालन गरिरहेका छन् । यसैगरी एक दर्जन सहकारीहरुले एटिएम सेवा समेत प्रदान गरेका छन् ।

512
सागर परियार
शनिवार, बैशाख २७, २०७७

कोरोना भाईरस संक्रमण रोकथाम तथा निन्यत्रणका लागि जारी लकडाउनको प्रत्यक्ष प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ । नियमित बचत, ऋण असुली देखि व्यवसायीक क्षेत्रमा लगानी गर्दै आएका सहकारीको सम्पुर्ण कारोबार ठप्प भएको छ । सरकारले चैत ११ गते देखि अत्याआबश्यक काम बाहेक घर बाहिर नआउन गरेको निर्देशन तथा लकडाउनले सहकारी क्षेत्रमा पनि ठुलो धक्का पुगेको चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाका संचालक ऋषिराम पाण्डेले बताए । उनले भने सहकारी क्षेत्रले जुम्लाका धेरै समुदायलाई वित्तिय पहुँचमा ल्याएको छ ।

699
कारोबार संवाददाता
बिहिवार, बैशाख २५, २०७७

बैंक अफ काठमाण्डूले आफ्नो खराब कर्जा अघिल्लो वर्षको तुलनामा यस वर्ष घटाएको छ । बुधबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खराब कर्जा १.५३ प्रतिशतमा पु¥याएको जनाएको हो ।

530
कारोबार संवाददाता
बिहिवार, बैशाख २५, २०७७

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । बैंकले ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखी उपलाई थप सुरक्षित, द्रुत र भरपर्दो बनाएको दाबी गरेको छ ।

950
कारोबार संवाददाता
बिहिवार, बैशाख २५, २०७७

राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बीच ब्याजदरमा एकरुपता गर्ने सहमति भएको छ । बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगाएतका विषयमा सहकार्य गर्ने सहकार्य गर्न यही वैशाख १७ गते सहमति पत्रमा हस्ताक्षर समेत गरेका थिए । दुवै संस्थाबीच वित्तीय सहकारीको स्थायीत्व र दिगो सञ्चालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ । दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई ब्यवस्थित र ब्यवसायिक बनाउन सहकार्य गर्ने जनाएको छ । सहकार्य गर्नका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको जानकारी दिए ।

823
गोपाल पोखरेल
बुधवार, बैशाख २४, २०७७

उदयपुरका व्यापारी, व्यावसायी तथा आम सर्वसाधारणले निजी तथा सरकारी बैंकले प्रदान गर्ने बैंकिङ सेवा नियमित गराइदिन सरकारसँग माग गरेका छन् । कोरोना भाइरस ( कोबिड १९) को विश्वव्यापी महामारीका कारण सरकारले नेपाललाई बन्दाबन्दी घोषणा गरेपछि जिल्लामा भएका बैंकले नियमित सेवा नदिँदा सर्वसाधारण थप मारमा परेका छन् । घरमा भएको खाद्यान्न र नगद सकिएका सर्वसाधारणले बैंकमा भएको रुपैयाँ समेत निकाल्न नपाउँदा उनीहरु थप समस्यामा परेका छन् ।

525
कारोबार संवाददाता
बुधवार, बैशाख २४, २०७७

कोरोना भाइरस संक्रमण र लकडाउनको अवधि बढ्दै गएपछि सहकारी संस्थाहरुलाई बचत फिर्ता गर्न तरलताको अभाव हुन थालेको छ । लकडाउनले गर्दा आर्थिक गतिविधि ठप्प भएपछि सहकारी संस्थाको नियमित बचत संकलन, ऋणको व्याज र किस्ता असुली बन्द भएपछि सहकारीमा रकम अभाव हुन थालेको हो ।

835
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणकोनिम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गरेको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबिआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, अनुकूल भटनागरले रु ५० लाखको चेक उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।

438
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ९ करोड २९ लाख रुपैयाँले घटेको हो ।

407
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामग्री खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

397
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

384
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

एनआईसी एशिया बैंकले २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुट ग्राहकको खातामा जम्मा गरेको छ ।

714
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पु¥याउने सम्झौता भएको हो ।

458
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाइल एपमार्फत मोबाइल बैंकिङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेमार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महसुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।

422
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुटदिने व्यवस्था गरेको छ ।

397