सागर परियार
शुक्रवार, फाल्गुन २, २०७६

सहकारी ऐन २०७५ अनुसार साउन १९ गते यता देखि ऋण लगानी गर्दा १६ प्रतिशतभन्दा माथि ब्याजदर कायम गर्न मिल्दैन् । यदि १६ प्रतिशत ब्याज भन्दा माथि लिएका सहकारीहरुले कानुन कानुनी दायरामा आउने कुरा उल्लेखीत छ । तर जुम्लाका अधिंकाश सहकारीले ऐन विपरित चक्रो ब्याज असुल्ने गरेको पाइएको छ । जुम्लामा दर्ता भएका सहकारी २ सय ३२ छन् । भने, सक्रिय सहकारी २५ मात्रै छन् ।

610
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

सानिमा बैंकले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । ‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिक रूपमा १ रुपैयाँ विपन्नवर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।

361
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

सनराइज बैंक डुम्रे शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । तनहुँको बन्दीपुर–५, भुजेलगाउँस्थित आँदिवराही प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा कमजोर आर्थिक अवस्था भएका ५७ जना विद्यार्थीलाई बैंकले न्यानो कपडा प्रदान गरेको हो ।

277
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रम्याक्स मनी ट्रान्सफर प्रालिकाबीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

348
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथलीस्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

370
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित तथा वर्षका उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गरेका हुनाले तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागततर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकामा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

333
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

403
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल र एल्लो प्यागोडा होटेल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई होटलकोे सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

290
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था जोखिममा पर्दा सहयोग गर्नका लागि स्थिरीकरण कोष स्थापना हुने भएको छ । सहकारी ऐन २०७४ मा बचत तथा ऋण कारोबार गर्ने संघसंस्था मिलेर कोष बनाउन सक्ने व्यवस्था गरेसँगै यसको प्रक्रिया अघि बढेको हो । कोष स्थापना र सञ्चालनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले कार्यविधि समेत स्वीकृत गरिसकेको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ को व्यवस्थाअनुसार सहकारी संस्थाले खुद नाफाबाट जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष र प्रवद्र्धन कोषमा छुट्याएपछि बाँकी रकमबाट ५ प्रतिशत रकम कोषमा छुट्याउनु पर्ने व्यवस्था छ ।

461
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

सहकारीमार्फत उद्यमशिलता प्रवद्र्धनको विषय होटल तथा पार्टी प्यालेसभित्रका कार्यक्रमको भाषण तथा गोष्ठीमै सिमित हुन थालेको छ । सहकारीलाई उत्पादन र व्यवसायीकरणमा परिचालन गर्न नसकेका संघहरु उद्यमशिलता प्रवद्र्धन गर्ने भन्दै गोष्ठी तथा छलफलमा केन्द्रीत हुन थालेका हुन् ।

273
यादव हुमागाई
बुधवार, माघ २९, २०७६

सहकारीको क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौं खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा बैदेशिक भ्रमण तथा तालिम शिर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो । विभागको अनुगमन प्रतिवेदनअनुसार महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै अन्य दातृ निकायबाट समेत सहयोग लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

1185
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

क्लिन अप नेपालद्वारा बिहीबार कमल पोखरीस्थित क्यूएफएक्स कुमारी हलमा वार्षिक देशव्यापी अभियानअन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरियो । यस समारोह क्लिन अप नेपालले प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताका लागि, नेपालभरि रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए ।

426
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १०.५ प्रतिशत ब्याजदरको ८ वर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरी १ हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ताबराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

418
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजनाहरूको लाभ लागत लगायतका विविध विश्लेषणको आधारमा आयोजना छनोट गर्नका लागि भन्दै राष्ट्रिय योजना आयोगले ‘योजना बैंक’ को सुरुवात गरेको छ । कार्यान्वयनका लागि तयारी अवस्थामा रहेका प्राथमिकताप्राप्त आयोजनाहरूको पोर्टफोलियो तयार सार्वजनिक, निजी एवं वैदेशिक स्रोतको प्रभावकारी परिचालन तथा सन्तुलित र दिगो विकासको लक्ष्य हासि गर्न बैंकको सुरुवात गरेको हो ।

472
कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६

सरकारी तथा सार्वजजिक जग्गालार्ई व्यक्तिको नाममा नामसारी गरेर बैंक-वित्तीय संस्थामा धितोको रुपमा राखेका ऋणीले असल धितोको व्यवस्था गर्नुपर्ने भएको छ । ललिता निवास क्षेत्रको जग्गा धितोको रुपमा सकार्न नकिल्ने भएपछि ऋणीले असल धितोको व्यवस्था गर्नुपर्ने भएको हो । सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिका नाममा लिइ सोही जग्गालार्ई धितो राखी बैंक वित्रीय संस्थावाट कर्जा लिएपछि काुनन बमोजिमको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकलार्ई सुझाव दिएको थियो ।

1051