कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमा ५ अर्ब रुपैयाँ थप गर्ने भएको छ । हाल २० अर्बको रहेको पुनर्कर्जा कोष आगामी वर्षदेखि २५ अर्बको हुने भएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले हालको पुनर्कर्जा कोष सानो भएकाले बढाइएको बताए । आर्थिक वर्ष २०७४-७५ को नेपाल राष्ट्र बैंकको नाफाबाट ५ अर्ब थप गरी पुनर्कर्जा कोषको रकम बढाइने व्यवस्था गरेको थापाले जानकारी दिए ।

1977
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैैंक नेपालबीच बैंकले बिमकको बिमा अभिकर्ताका रूपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्वारा जारी गरिएका बिमा लेखहरु बिक्री वितरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

1383
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

सिभिल बैंक र भारतको एक्सिस बैंकबीच रकम आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल. श्रीरमनबीच हस्ताक्षर भएको हो ।

862
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले ९ नयाँ शाखा कार्यालय एकै साथ सञ्चालनमा ल्याएको छ ।

1316
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा यही कात्तिक २३ गते भएको सहमतिपत्रबमोजिम दुवै कम्पनीको मंसिर २९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाको निर्णयबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट माघ ११ गते स्वीकृति प्राप्त भएको आधारमा आइतबारदेखि एनआईबीएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।

1113
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज तनहुँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालिकामा एकै साथ आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यी जिल्लाहरूमा बैंकको यी क्रमशः दोस्रो र तेस्रो शाखाहरू हुन् ।

1472
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

आईएमई डिजिटल सोलुसनद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पेले आफ्नो बीटूबी सेवा सुरुवात भएको घोषणा गरेको छ ।

2517
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४, बर्दघाटमा आफ्नो शाखाको माघ २३ गते मंगलबारका दिन औपचारिक शुभारम्भ गरेको छ । सो शाखाको समुद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरे ।

1342
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंकआस्योरेन्स सम्झौता भएको छ । सो बैंकआस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

1126
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

सिद्घार्थ बैंकलेसोमबार बागलुङको बागलुङ बजारमा एक विशेष समारोहकाबीच बागलुङ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाकोे उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रूपमा गरेका थिऐ ।

1195
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

गण्डकी विकास बैंकको रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकैदिन औपचारिक उद्घाटन भयो ।

1179
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

ज्योति विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विगत ६ वर्षदेखि देवघाटमा एक्सटेन्सन काउन्टर राखी देवघाटवासीलाई सेवा पु¥याउँदै आएकोमा शुक्रबारदेखि बैंकिङ सेवा सुरु गरेको हो ।

1437
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक एक आपसमा गाभिँदा सेयर स्वाप रेसियो १ः१ हुने राष्ट्रिय वाणिज्य बैंकको शनिबारको विशेष साधारणसभाले जनाएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेले मर्जरपश्चात् बैंक अझ बलियो हुने बताए ।

1637
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

प्राइम कमर्सियल बैंकले सोलुखुम्बुको रमितेबजार, तिङलामा शुक्रबार नयाँ शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालन पछि बैंकको कार्यालय संख्या ५५ पुगेको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए ।

990
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

जिल्लाका आधाभन्दा बढी स्थानीय तहमा अझैसम्म बैंक पुग्न सकेको छैन । राष्ट्रिय बंैकले सबै स्थानीय तहसम्म बंैकको शाखा खोल्न निर्देशन दिए पनि हालसम्म पनि जिल्लाका आधाभन्दा वढी स्थानीय तहसम्म शाखा सञ्चालनमा आउन सकेका छैनन् ।

1722