केशव समर्पण
मंगलबार, असार ३१, २०७६

व्यक्तिगत कारण देखाउँदै प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई यसअघि नै राजीनामा दिने मौखिक जानकारी दिए पनि सोमबार आधिकरिक रूपमा राजीनामा दिएको देवकोटाले बताए ।

169
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशवासीमा वित्तीय साक्षरता कमजोर भएको हुनाले आर्थिक उन्नतिसमेत कमजोर भएको ठहर गर्दै आर्थिक मामिला मन्त्रालयले आउँदो आर्थिक वर्षमा सो अभियान सञ्चालन गर्ने भएको हो । प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालनका लागि मन्त्रालयले प्रकाशन गरेको वित्तीय साक्षरतासम्बन्धी हातेपुस्तिका शनिबार धनगढीमा सार्वजनिक गरेको छ ।

265
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

मुक्तिनाथ विकास बैंक र ओम समाज डेन्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

239
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

मेगा बैंक नेपालले एकैपटक तीनवटा देशमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ । हङकङ, यूएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरूले अब ई–पे लिमिटेडबाट मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । यूएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

209
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

नबिल बैंकले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पु-याएका कर्मचारीहरूलाई सम्मानित गरेको छ ।

336
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१ औं वार्षिक साधारणसभामा कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशतले बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

179
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयमार्फत वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूका ८४ जना विपन्न परिवारका छोरीहरूलाई छात्रवृत्ति वितरण गरेको संस्थाले जनाएको छ ।

107
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्वअन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेसनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

186
कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६

कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज. ब. राणाज्यूले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गर्नु भयो ।

186
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर जिल्लामा मध्यपुर ठिमी महानगरपालिका–२६ स्थित राधे राधेमा शुक्ररबादेखि आफ्नो ९३ औंं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

144
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय व्यवस्थापनका लागि ११ अर्ब रुपैयाँभन्दा बढी ऋण सहायता प्रदान गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच संघीयता व्यवस्थापन हुने गरी आवश्यक नीति बनाउन ११ अर्ब (१ सय मिलियन डलर) ऋण सहायता उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

349
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बाँसगढी को कारोबार शुभारम्भ गरिएको छ ।

246
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

कैलाश विकास बैंक स्याङ्जा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पुतलीबजार नगरपालिका–३ स्थित काजीमान हरिटीका माध्यमिक विद्यालयलाई कम्प्युटर तथा फोटोकपी मिसिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । विव्यसका अध्यक्ष महेद्रमान व्यथितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी कुशल खनालले स्वागत तथा वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ र प्रअ ओमप्रकाश शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

206
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

सिभिल बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी हस्पिटलसँग सम्झौता गरेको छ । ग्राण्डी हस्पिटलसँग एक कार्यक्रमकाबीच सम्झौता भएको हो ।

230
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

ट्याङलाफाँट कीर्तिपुरमा सामाजिक सामुदायिक कार्यक्रमअन्र्तगत कृषि विकास बैंक शाखा कार्यालय कीर्तिपरबाट आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा सामुदायिक सेवा केन्द्र ट्याङलाफाँट कीर्तिपुरलाई १ लाख १० हजार रुपैयाँबराबरको सामग्री सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई हस्तान्तरण गरियो ।

195